Posts

Showing posts from July, 2018

यो के हो ?

Image
रातको समय !! चारैतिर निष्पट्ट अन्धकार छाएको थियो । म काम विशेषले अफिसबाट घर जान अबेर भएको थियो। अझ त्यसै माथी बिच बाटोमा स्कुटी बिग्रीएर अर्को तनाव । रातको बेला न हो, कोहि पनि मान्छे भेटाउन सकिरहेको थिएन वरिपरि, सहयोग माग्नलाई ।त्यसैले डोर्‍याउदै भए पनि अघि बढ्दै थिए । घर फोन गरेर भने अबेर हुन्छु भनेर । घरबाट बोलाउ पनि कसलाई ? दाइ हिजै हो काठमाडौं गएको, बुवा पाल्पा, बिचरा घर भएकी आमाले कसरी आउथिन र यति राती !! जति जति अघि बढ्यो उति उति सन्निपात छाएझै भयो । यो बाटो सम्झे । दाईको बाइकमा सुस्मिता र म घुमेको बाटो थियो यो । "हुईइय!" म झसङ्ग भए यो आवाजले । चारैतिर हेरे । कुन बेला जङ्गलमा छिरेछु पत्तै पाएन । त्यो के को पो आवाज थियो भनेर झस्केको मैले यताउती हेरे । तर अह केही मेसो पाउन सकेन । यत्तिकैमा फेरि त्यसतै अनौठो र भयानक आवाज सुने । यस्तो घना जङ्गलमा, रातको समय, म एक्लो मान्छे र त्यो अनौठो आवाज; नजानिदो पाराले मनमा चिसो पस्न थाल्यो । म जति सक्दो छिटो-छिटो त्यो भयावह जङ्गलबाट निक्लिन खोजिरहेको थिए । केही अघि पुगे पछि कसैले "बचाओ! बचाओ !!...