मेरी परी 😍😍
सुनौलो बिहानीसगै म आफ्नो सयनकक्षबाट मृदु बिहानीको दर्शन हेतु बगैचामा गए। त्यहा चलेको सिरि - सिरि हावाले जसलाई पनि मोहित बनाउन सक्ने सामर्थ्य राख्थ्यो।
आज अफिस विदा भएकाले मेरो मन त्यही सुन्दर बागको सौन्दर्यमा भिजेरपुलकित हुँदै रमाइरहेको थियो।
एकाएक कतैबाट जेस्मिन फ्लेवरको लेडिज पर्फिउमको वास्ना आइरहेको मैले चाल पाए।दायाँ- बायाँ कोहि देखेन, तर जसै आफ्नै अगाडि हेरे; म हेरेको हेरै पो भए! देखे एउटि अल्लि गोरी,मेरो उचाइ भन्दा केही अग्लि मोरि,आफ्ना नयनहरुको लक्ष्य मेरै ठाउमा पारे जसरी, आफ्ना केशराशी खेलाउदै आउदै थिई। म हेरेको हेरै भएछु ; उ मसगै मेरै मेचमा बसि!!
म वार्तालाप सुरु गर्ने होडमा थिए। तर मैले केही भन्नू अगावै उसैले भनी " अघि के त्यसरी खाउला झै हेर्नुभएको नि ??" म अवाक भैसकेको थिए तर मेरो मनको तरङ्गले नै उत्तर दियो "तिमिलाई हेरेको नि!" त्यसपछी मेरो अर्धचेतन मन होसमा आयो र मनमनै भन्यो "लौ के भने यार? रिसाएर केही अनर्थ नै भयो भने ?"
तर उसको रिप्लाई केवल मुस्कान मै सिमित रहन पुग्यो। मनमा अलिअली डर लागेकै भएपनी आफ्नो परिचय दिए, "म निमेष। निमेष शर्मा। "
Comments
Post a Comment