धमिलो प्रेम

उपन्यासको एउटा अंश !!
धमिलो प्रेम
          - केडिबी
सोचेको थे धेरै कुरा तर हुन सकेन केही पुरा !! हुन पनि सोचेको सबै पूरा हुनेभए जिन्दगिपनी कहाँ मसलादार हुन्थ्यो र?
      तर पनि अधुरो अधुरो जिन्दगिको के नै पो मजा ?? केवल पिडायुक्त हुन्छ , पिडामुक्त हैन ! हो, मेरो जिन्दगी नि अधुरो छ; पिडायुक्त छ । र तिमी सोध्छौ कमि के के भनेर ??
          कमि तिम्रै हो सानू !! केवल तिम्रो !! जिवनमा अनेकौ मोडहरु हुन्छन् भन्ने सुनेको मात्रै त थिए तर अहिले भोगे पनि । हरेक मोडमा एक अन्जान चेहेरा देख्छु ; तर माफ गर तिमी हैनौ !!
       किनभने सानू, तिमी मेरा लागि अन्जान रहिनौ !! वा यो भन कि अलग रहिनौ !! तिमी र म एउटै शरीर हौ सानू !! हाम्रो आत्मा एउटै छ !!
             सायद त्यसैले पनि होला, म तिमिलाई जति प्रयास गरे पनि आफ्नो मानसपटल तथा हृदयबाट निकाल्न सक्दिन।
      सानू, कृपया कुनै मोडमा पनि, घरिघरी नसोध्नु कि म तिमिलाई कति माया गर्छु भनेर। हाम्रो आत्मा एकाकार छ सानू । म आफुलाई जति माया गर्छु सो बराबर तिमिलाई पनि गर्छु । त्यसैले त म दुखमा पनि मुस्कुराउछु ।
          तिमिलाई नसम्झिने दुष्प्रयासको पनि एक पटक एकदम अनौठो शैली अप्नाउने प्रयत्न चालेको थे र प्रयत्नरत छु पनि ।मेरो शैली :
          म आफ्नो तरल मनलाई ढुङ्गाभन्दा नि कठोर वा ठोस बनाएर अरु केटिहरुसङ्ग flirt गर्छु;कतै attracted हुन खोज्छु र कुनै बेला हुन्छु पनि; तर क्षणिक मात्रैलाई । अनि यस्तै बेला, तिमिसङ्ग जुडेका केही न केही तथ्य वा सामानतिर automatic ध्यान गैदिन्छ । अनि फेरि सम्झिन पुग्छु तिमिलाइ !
                आखिर ध्यान नजाउन् वा ती वस्तु नमिलुन् पनि कसरी ?? सन्चय गरि राख्ने म नै भएपछी !!
        हो सानू, जे जति गरेपनी म ती वस्तुहरु वा यादहरु; केही पनि डिलिट वा dump गर्न सक्दिन ; बरु कता-कता hide चाहिँ गरेकै हुन्छु !!
                     थाहा छ सानू , मेरो मोबाइलमा तिम्रो फोटोहरु छ्याप्छ्याप्ती छन् !! जब तिम्रो यादले पिरोल्छ, तब तिनै तस्विरहरु अनगिन्ती हेर्छु र मूर्ख हुन पुग्छु केही बेरका लागि ।
           प्रार्थाना गर्छु र कुर्छु, तिम्रो तस्विरबाट तिम्रो मधुर कण्ठबाट प्रवाहित हुने मधुर ध्वनी वा आवाज सुन्न ।
   तर बोल्दैन त्यो तिम्रो तस्विर ...............................
          थाहा छ सानू, त्यो बेला, कलेजको शुरुवाती दिनहरुमा, म सुबिन दाजुको 'समर लभ ' सुन्दै थिए । पूरा सुने ; पछि १० पटक सम्मै पढे पनि !! अनि साथैसाथ Milan सङ्ग्रौला दाजुको 'च्याट गर्ल' नि सुने तीन-तीन पटक !! सुबिन दाइको 'साया' र 'मनसुन' सहित गरेर , यी पुस्तक पढ्दा वा सुन्दा, तिम्रै यादको पिंजडामा बन्दी बनेको हुन्थे!!
    त्यसका प्रत्येक पात्रले तिमी र मलाई दर्शाएको भान हुन्थ्यो !! अझ यहासम्म कि 'मनसुन' त ठ्याक्कै हाम्रै कहानी उतारेको झै लागेको थियो पनि !!

Comments

Post a Comment

Popular posts from this blog

यो के हो ?

💊💊 The Hand Behind The Scalpel 💊💊

Life